ख्याति प्राप्त कलाकारका साथमा महान चाड मनाउदै एन आर एन नेदरल्याण्ड्स |

नेदरल्याण्ड्स |    सदा झैँ यो बर्ष पनि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्स र साउथ हल्याण्ड नेपाली समाजको संयुक्त आयोजनामा ख्याती प्राप्त कलाकार कृष्ण काफ्ले तथा स्थानीय कलाकारहरुको साथमा बेजोड प्रस्तुति सहित नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, छठ लगाएतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ |

युरोप टुरमा रहेका कलाकार कृष्ण काफ्लेले विभिन्न युरोपियन राष्ट्रहरुमा आफ्ना दमदार प्रस्तुति दिंदै एन आर एन नेदरल्याण्ड्स र साउथ हल्याण्ड नेपाली समाजको निमन्त्रणामा यहि अक्टोबर १७ तारिख सोमबारका दिन बेजोड प्रस्तुतिका साथ द हेगमा मनोरंजन दिन लागेका हुन |

देखन चम्पा, सुनन चम्पा / पर्ख पर्ख मायालु / चोलीको तुना / मैले बोलेको छैन ढाटेर जस्ता लोकप्रिय गीतहरुका सहित चर्चित गायकका साथमा देउसीभैलो समेत खेलिने हुँदा अझ उल्लास मय हुने देखिएको छ |

नेदरल्याण्ड्सबासी नेपाली समुदायले मनोरंजन सहित महान चाड मनाउने हुदा सबैलाई निमन्त्रणा गरिएको र उपस्थितिकालागी सबैमा अनुरोध गरिएको बरिष्ठ उपाध्यक्ष बिष्णु पोखरेलले बताए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *