नेदरल्यान्ड्स,गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी जुलाई ११ , २०२१ का दिन हुन गैरहेको अधिबेशनमा सहभागिताका लागि आह्वान गरिएको पंजीकृत सदस्यता आवेदन जुन ५ तारिख समाप्त भएको जानकारी गराउदै अन्तिम नामावली निर्वाचन समितिले प्राप्त गरेको निर्वाचन समितिका संयोजक फणिन्द्र पन्तले जानकारी गराएका छन् |
एन आर एन नेदरल्यान्ड्सको सदस्यता तथा प्रमाणीकरण समितिले नियमपूर्वक दर्ता भएका डेलिगेड्स सदस्यहरुको नामावलीको विवरण अन्तिम टुंगो लगाउदै निर्वाचन समितिलाई बुझाएकाले उक्त समितिले नामावली सार्बजनिक गरेको हो
![]()
एन आर एन नेदरल्यान्ड्सको सदस्यता तथा प्रमाणीकरण समितिले नियमपूर्वक दर्ता भएका डेलिगेड्स सदस्यहरुको नामावलीको विवरण अन्तिम टुंगो लगाउदै निर्वाचन समितिलाई बुझाएकाले उक्त समितिले नामावली सार्बजनिक गरेको हो र डेलिगेड्स सदस्यहरुको संख्या ५०६ रहेको सार्बजनिक गर्दै उक्त लिस्टमा रहेको नामावली दर्ता उपर कुनै दाबि बिरोध भए जुन १४ तारिख सोमबार सम्म निर्वाचन समितिको ईमेल ec.nrnanl.21@gmail.com मा लिखित उजुरी दिन सकिने र निर्वाचन समितिले अन्तिम नामावली १६ जुन २०२१ बुधबारका दिन प्रकाशन गरिने समेत संयोजक पन्तले बताएका छन् |
साथै निर्बाचन समितिले निर्बाचनका सम्पूर्ण नियमहरु तथा तालिका पनि जुन १६ देखि जुन २० को बीचमा नै प्रकाशन गर्ने तय भएको समेत जानकारी गराइएको छ।

