पत्रकार महासंघ युरोप शाखाद्वारा केन्द्रीय समिति सदस्यहरुलाई बेल्जियममा भब्य स्वागत |

बेल्जियम |      नेपाल पत्रकार महासॅघ युरोप शाखाले यहि जुलाई ११ तारिख सोमबारका दिन एक कार्यक्रम आयोजना गरि नेपाल पत्रकार महासॅघ केन्द्रिय समिती सदस्यहरु,गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष श्री त्रिभुवन पौडेल, श्री रमेश खतिवडा, श्री केसी लामिछाने र श्री सुनिल खड्कालाई बेल्जियमको लुभेनमा स्वागत गरेको छ। प्रवासमा नेपाली पत्रकारिता बिषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।

जब जब संचारकर्मीहरुलाई समस्या पर्छ युरोप शाखाले सहयोग गर्दै साथ दिएको र पत्रकार कल्याणकोषमा युरोप शाखाले गरेको योगदानको खुलेर प्रसंसा गर्दै युरोप शाखा प्रवासमा रहेका शाखामा उत्कृष्ठ शाखा रहेको भन्दै बैधानिक रुपमा शाखाले काम गरेकोले बैधानिक रहेको मन्तब्य सहित केन्द्रीय समिति सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए | युरोपमा रहेका नेपाली समुदायहरुमा विभिन्न भर्चुयल कार्यक्रम आयोजना गरेर तत्कालिन समस्या समाधान र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको अतिथिहरुले स्मरण गराएका थिए |

कार्यक्रममा बेनेलक्स तथा यूरोपियन युनियनका लागी नेपालका महामहिम राजदुत श्री गेहेन्द्रराज राजभण्डारीको प्रमुख अतिथ्यता र कावा अध्यक्ष श्री केजिन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अतिथिहरुलाई कोषाध्यक्ष इन्दिरा चाम्लिंगबाट खादा ग्रहण गरिएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष दिल निसानी मगरले राखेका थिए र कार्यक्रम संचालन महासचिव द्रोण रिजालले गरेका थिए |

कार्यक्रममा एनआरएन बेल्जियमका कोषाध्यक्ष तथा व्यवसायी श्री लोकेन्द्र नेपाल, व्यवसायी मनिस गुरुङ ,महिला व्यवसायी कल्पना मगर लगायत सॅघसॅस्थाका प्रतिनिधीहरु, नेपाल पत्रकार महासॅघ यूरोपका कार्यबाहक अध्यक्ष केजिन राई, उपाध्यक्ष दिल निशानी मगर,महासचिब द्रोण रिजाल,सचिब महिन्दो वाईबा र कोषाध्यक्ष ईन्दिरा चाम्लिङ लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *