नेदरल्याण्ड्स ।
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको आज जुलाई २१ तारिख भएको निर्वाचनमा साबित्री (साबु)पौडेल अध्यक्ष पदमा निर्वाचित भएकी छन भने आईसिसी सदस्यमा धन कुमार बोहरा चयन भएका छन । त्यसैगरि बरिस्ठ उपाध्यक्षमा हिरण्य लाल ओझा,उपाध्यक्षमा शॅखबिर लामा,महिला उपाध्यक्षमा निर्मला श्रेष्ठ,युवा उपाध्यक्षमा ध्रुव न्यौपाने,महासचिबमा सुजन कटुवाल,सचिबमा भुवन गिरी,युवा सम्योजकमा गोबिन्द ढकाल, महिला सम्योजकमा सुजता शाक्य,त्यसैगरि सदस्यहरुमा क्रमस:बिनोद लम्साल,काजी कटुवाल ,सॅदिपशिॅह बस्नेत,कैलास गिरी,अनिल पाण्डे,र सरु श्रेष्ठ निर्वाचित भएका छन ।गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका प्रवक्ता फणीन्द्र पन्तको प्रमुख आतिथ्यमा र महिला संयोजक अनुजा प्रधान र एनआरएनए नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशिकान्त पौडेलको बिशेस आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा, इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवाल, केन्द्रीय सदस्य टिकाराम सापकोटा,बेल्जियमबाट अतिथिकों रुपमा आमंत्रित हरी भट्टराई,पूर्व अध्यक्ष खड्ग बहादुर केसी,लोकेन्द्र नेपाल,तीर्थराज धमला,महासचिव रुबीना शर्मा, नेपाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष द्रोण रिजाल,प्रवासी नेपाली मञ्च नेदरल्याण्ड्सका अध्यक्ष केशबराज पाण्डे,नेपाल ब्यवसायी संघ नेदरल्याण्ड्सका अध्यक्ष सॅघर्षशिल केसी लगायतकों अतिथिकों रुपमा उपश्थिती थियो ।
प्रमुख अतिथि लगायत बिशिष्ठ अतिथिहरु द्वारा पानसमा बत्ती बालेर कार्यक्रमलाई उद्घाटन गरेका थिए । अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्दै महिला संयोजक सरोजा ढकाल गिरिले स्वागत मन्तब्य राखेकी थिईन । उद्घाटन सत्र समाप्ति पश्चात बन्द सत्र सुरूभएको थियो बंद सत्रमा महासचिव साबित्री पौडेल(साबू )ले संगठानिक प्रतिवेदन पेश गरेकी थिइन भने महिला संयोजक सरोजा ढकाल गिरिले महिला प्रगति प्रतिवेदन पेश गरेकी थिइन । कार्यक्रम महासचिव साबित्री पौडेल (साबू )ले संचालन गरेकी थिइन ।