गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सले “शुभकामना साँझ २०२५” कार्यक्रम आयोजना गर्दै ।

नेदरल्याण्ड्स ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सले बिगत झै यो बर्ष पनि अक्टोबर २७ तारीख सोमबारका दिन महान चाड दशैं तिहार,नेपाल सम्वत,छठ पर्व लगायतका पर्वहरुलाई मध्यनजर गर्दै “शुभकामना साँझ २०२५” कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली मनका ढुकढुकी प्रसिद्ध गायक,संगीतकार साथै गितकार तुलसी सिवाकोटिको साथमा इनास नेदरल्याण्ड्स,म्युजिक फाउण्डेशन नेदरल्याण्ड्स,हिमालयन टिउन्सका कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष बिष्णु पोख्रेलले जानकारी गराए । नेपाली चाड र संस्कृतिलाई प्रवासमा जिवन्त राख्न र आउने पूस्तालाई समेत यसको महत्व र संस्कार देखाउन साथै आपसी सद्भाव कायम गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएकाले सबैलाई उपस्थित हुन हार्दिक अनुरोध गरिएको कार्यक्रम संयोजक प्रेम पुनले बताएका छन ।

आउनुहोस गायक सिवाकोटीको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा छमछमी नाचौं ; कार्यक्रम संयोजक प्रेम पुन

मिष्ठान्न भोजनका साथ रमाइलो गर्दै कार्यक्रमलाई भब्य र सब्य बनाउन आव्हान गर्दै संयोजक पुनले प्रवेश शुल्क २० यूरो,बिधार्थीहरुलाई १५ यूरो र १२ वर्ष मुनिका बालबालिकाको लागि र नेपालबाट आउनुभएका बुवाआमाहरुको लागि भने प्रवेश निशुल्क गरिएको बताएका छन ।
कार्यक्रम Humberweg 5 1043 AC Amsterdam मा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *