नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाम नमस्ते नेपाल फेस्टिवलले नेपाल मय भयो ।

नेदरल्याण्ड्स  ।

यही २२ जुन २०२५ मा नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाम नेपाल मय भएको थियो। नेदरल्याण्ड्समा रहेका नेपालीहरुले ध्वजावाहक चन्द्र सूर्य अकिंत राष्ट्रिय झण्डा र विभिन्न नेपाली भेषभूषमा सजिएर नेपाली र नेपालको पहिचान विश्व सामु देखाऊन सफल भएका थिए ।

नेपाली कला,संस्कृति र पर्यटन प्रवर्द्धन गर्दै विश्व मञ्चमा नेपाल र नेपाली जनताको प्रतिष्ठालाई अझ माथि उठाउन नेपाली कलालाई उजागर गर्दै राष्ट्रिय पोशाक साथ राष्ट्रिय झण्डा बोकेर शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश संसारको शिखर सगरमाथा अवस्थित रहेको देश भनेर संसार भर चिनाउदै प्रदर्शनी भएको थियो | बेनेलक्सको लागि महामहिम राजदूत सेवा लम्सालको प्रमुख आतिथ्य र आम्स्टरडामको  डिपुटी मेयर Hester van Buren  र आम्स्टरडाम नर्दकी प्रमुख  Esther Lagendijkको बिशिष्ठ आतिथ्य सहित नेपाल डे फेस्टिभलमा उपस्थिति रहेको थियो ।

युरोपियन युनियन साथै बेनेलक्सका लागि महामहिम नेपाली राजदूत सेवा लम्साल र नेपाल विकाश प्रतिष्ठानका अध्यक्ष साथै एनआरएनए नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशि कान्त पौडेल लगायतको अगुवाईमा राजधानी आम्स्टरडामको मुटु दाम स्क्वाएर बाट सुरु भएको प्रदर्शनी नेपाली पन्चेबाजाका साथ कार्यक्रम स्थल सम्म पुगेको थियो।उक्त प्रदर्शनीको नेदरल्याण्ड्समा रहेका विभिन्न देशका नागरिकहरू र पर्यटकहरूले उत्साहका साथ आ-आफ्नो मोबायल तथा क्यामराहरुमा कैद गरिरहेका थिए ।

प्रमुख अतिथि महामहिम नेपाली राजदूत सेवा लम्सालले नेपाल र नेपाली कला संस्कृतिलाई विश्व सामु चिनाउन यो किसिमको कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएकोमा खुसी व्यक्त गर्दै नेपाली दूतावासको  हरपल साथ रहने बताउनु भयो।

त्यसैगरी आम्स्टरडाम डिपुटी मेयर Hester van Burenले समेत खुसी व्यक्त गर्दै नेपाल र नेदरल्याण्ड्स बीचमा सुमधुर सम्बन्ध रहेको बताउँदै आफ्नो धारणा राख्नु भएको थियो । आ-आफ्नो धारणा राखे पश्चात प्रमुख अतिथि र बिसिष्ठ अतिथिहरुलाई नेपाल झल्किने मायाको चिनो प्रदान गरिएको थियो। नेपाली समुदायका अभिभावक साथै यस ऐतिहासिक कार्यक्रमका प्रमुख आयोजक  श्री शशिकान्त पौड्याल समाजसेवा र बिकासको क्षेत्रमा अतुलनिय योगदान पु्र्याए बापत नेदरल्याण्ड्सका राजा Willem Alexander द्वारा उच्चस्तरिय पदक Ridder in de Orde van Oranje Nassau बाट  बिभुषित हुनु भएकोमा नेदरल्याण्ड्स समुदायको तर्फबाट महामहिम राजदुतले उँहालाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।

प्रशंसा पत्र।
नेपाल र नेपाली समुदायलाई निस्वार्थ सहयोग र समर्पण गर्दै एउटा उदाहरण बन्नू भएकोमा नेदरल्याण्ड्समा रहेका नेपाली समुदायको तर्फबाट तपाईंको समर्पण र निस्वार्थ प्रयास हामी सबैको लागि उदाहरण हो। समाजको लागि तपाईंको निस्वार्थ सेवाको लागि हामी बधाई दिन चाहन्छौं। नेदरल्याण्ड्समा रहेका नेपाली समुदायको तर्फबाट हामी शशी कान्त पौडेललाई उच्चतम प्रशंसा र सम्मान प्रदान गर्न चाहन्छौं।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित नेपाली कलालाई उजागर गर्ने प्रदर्शनीहरू,परम्परागत नेपाली खाना पस्कने खानाका स्टलहरू र चित्रकला जस्ता बालबालिकाका लागि अन्तरक्रियात्मक गतिविधिहरू सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

उक्त बृहत कार्यक्रममा नेपाल व्यवसायी संघ नेदरल्याण्ड्स,नेपाल विकाश प्रतिष्ठान,नेपाल म्यूजिक फाउण्डेशन,प्रायोजन र नेपाल पर्यटन बोर्ड,नगरपालिका आम्स्टरडाम,नेपाली राजदूतावास,नेपाली समाज नेदरल्याण्ड्स सहितको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेदरल्याण्ड्समा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित उल्लेख्य मात्रामा नेपालीहरु लगाएत डच नागरिकहरुको उपस्थिति थियो ।
उक्त बृहद कार्यक्रमले विश्व मञ्चमा नेपाल र नेपाली जनताको प्रतिष्ठालाई अझ माथि उठाउन सफल भएको छ ।

 

Share