नर्वेको ओस्लो शहरको मैदानमा फुटबल प्रतियोगिता सम्पन्न, दशै कप ओस्लो युनाईटेडले हात पार्यो ।

प्रेम परियार, नर्वे ।

युनाईटेड ब्रदर्स ओस्लोद्वारा आयोजित दशैं कप मैत्री पूर्ण फुटबल खेल भव्य सफलताका साथ सम्पन्न भएको छ । स्वास्थ्य र मनोरंजनको लागी खेल ”भन्ने मूलनाराको साथ स्थापित युनाईटेड ब्रदर्श नर्वेको आयोजनामा दशै कप २०२५ फुटबल प्रतियोगिता आज सेप्टेम्बर ७ मा सम्पन्न भएको हो।

नर्वेको राजधानी ओस्लो शहरको फुटबल मैदानमा सम्पन्न उक्त प्रतियोगिता बिगत वर्ष झै यस पटक पनि नेपालीहरुको महान चाड बड़ा दशैंलाई लक्षित गरि आयोज़ना गरिएको आयोजकले बताएको  छ। नेपाली राष्ट्रिय धुन बजाई निर्धारित समय ०९:३० बजे उद्घाटन भएको उक्त प्रतियोगिताको एनआरएन यूरोप क्षेत्रीय उप-संयोजक राजु अर्यालको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो ।

प्रमुख अतिथिद्वारा उद्घाटन पश्चात गत हप्ता कार दुर्घटनामा परि दिवंगत भएका बिष्णु पाण्डेको सम्झनामा १ मिनेट मौन धारण गरी फुटबल खेलकों सुरुवात गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजका विशिष्ट ब्यक्तिहरूको अतिथिकों रुपमा उपस्थिति रहेको थियो । पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि,अतिथि र विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि बीच वितरण गरीएको थियो ।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त प्रतियोगिताको बेस्ट खेलाड़ीमा बेस्ट गोल किपर ओस्लो युनाईटेडका प्रनिल नेपाली ,सबैभन्दा धेरै ८ गोल गर्ने ओस्लो युनाइटेडका मौसम नेपाल,उत्कृष्ट खेलाडी विजयी टिमका प्रनिल नेपालीले ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए । प्रतियोगिताको फाईनल खेल आयोजक टिम ओस्लो युनाइटेड ब्रदर्स र ओस्लो युनाइटेड एफ सि  बिच अत्यन्त उत्कृष्ट र प्रतिस्पर्धाका साथ प्रस्तुत भएको खेलले दर्शकहरूको ध्यान तानेको थियो । उक्त खेलको प्रतिस्पर्धामा दर्शकहरूले भरपुर मनोरंजन लिॅदै आफनो मन परेका खेलाड़ीहरूको समर्थन जनाएका थिए ।

खेलमा ओस्लो वरिपरि रहेका नेपाली खेलप्रेमीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो । यस वर्ष पनि फाइनलमा ओस्लो युनाईटेड एफ सि  र युनाईटेड ब्रदर्स बिच रोचक प्रतिस्पर्धा सहित बिगत वर्षको जितलाई समेत निरन्तरता दिएको छ । यो ओस्लो युनाइटेड एफ सिले दोश्रो पटक पनि जित हासिल गरेको र युनाईटेड ब्रदर्स उप बिजेता भएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *