इनास ग्लोबल समितिको छैठौं महाधिवेशन सम्पन्न,काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।

काठमाडौं ।

यही अक्टोबर १५ तारीख बुधबारका दिन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन राजधानी काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनबाट इनास ग्लोबल समितिको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा पोल्याण्डबाट मित्रलाल पार्दे,अमेरिकाबाट राधी क्षेत्री,डेनमार्कबाट राजमान तामाङ,नेपालबाट कुल राज थापा चयन भएका छन्।

त्यसैगरी महासचिवमा आइसल्याण्डबाट प्रकाश तिवारी,प्रवक्तामा अमेरिकाबाट आनन्दु लामा ,सचिवमा अमेरिकाबाट कृष्ण श्रेष्ठ ,नेपालबाट कोषाध्यक्षमा रुपा न्यौपाने र सह–कोषाध्यक्षमा अमेरिकाबाट कन्हैया सिंह परियार चयन भएका छन्।

त्यसैगरी अधिवेशनले क्षेत्रीय समितिको संयोजक समेत चयन गरेको छ जस अनुसार एशिया क्षेत्रीय समितिको संयोजकमा दयाराम पाण्डेय,युरोप क्षेत्रीय समन्वय समितिको संयोजकमा जर्मनीबाट सुनिल गुरुङ,युरोप क्षेत्रीय संयोजकमा बेल्जियमबाट श्याम श्रेष्ठ र उत्तर अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाबाट राहूल केसी चयन भएका छन्।

संस्थाका अध्यक्ष रामचन्द्र थापाको सभापतित्व र संस्थापक अध्यक्ष पुष्प बरुवालकों प्रमुख आतिथ्यमा उक्त अधिवेशन सम्पन्न भएको थियो । इनास ग्लोबल निर्वाचन समितिका संरक्षकहरु मिरा राणा र निता श्रेष्ठ,साथै ग्लोबल सल्लाहकार प्रदीप बोम्जन रहेको समितिले निर्वाचित पदाधिकारीहरुको नामावली प्रस्तुत गरेका थिए। निर्वाचन आयुक्त प्रदीप बोम्जनले निर्वाचन समितिका तर्फबाट नयाँ पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

अधिवेशनको बंदसत्रमा संस्थाको सांगठानिक प्रतिवेदन महासचिव राजमान तामाङ र संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कुलराज थापाले प्रस्तुत गरेका थिए । बिभिन्न क्षेत्रीय समितिका संयोजकहरुले संक्षिप्त रुपमा क्षेत्रीय प्रतिवेदन प्रशतुत गर्दै शुभकामना मन्तब्य राखेका थिए । युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारीले ग्लोबल प्रवक्ता तथा यूरोप क्षेत्रीय समितिको प्रतिवेदन र उत्तर अमेरिका क्षेत्रीय समितिका संयोजक कन्हैया सिंह परियारले संक्षिप्त मन्तब्य राख्दै प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यसम्पादनका आधारमा क्षेत्रीय समितिहरु मध्ययबाट युरोप क्षेत्रीय समितिलाई उत्कृष्ट क्षेत्रीय समिति र राष्ट्रिय समितिहरु मध्यबाट इनास डेनमार्कलाई उत्कृष्ट राष्ट्रिय समिति घोषणा गर्दै प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । त्यसैगरी राष्ट्रिय समिति संयुक्त राज्य अमेरिकालाई संस्थाको उद्देश्यअनुरूपका विविध कार्यक्रममार्फत नेपाली भाषा,कला र संस्कृतिको प्रवर्द्धन र सम्वर्द्धनमा पु–याएको योगदानको उच्च मूल्यांकन गर्दै  संयुक्त राज्य अमेरिका राष्ट्रिय समितिलाई प्रशंसा–पत्र प्रदान गरिएको छ।

बिगत झै यो बर्षको अधिवेशनमा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम बिशेस कारणले स्थगित गरिएको इनास ग्लोबलले जनाएको छ । ग्लोबल प्रवक्ता तथा युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *