साझा नेपाली समाज बेलायतको च्यारिटी साँझ ,संकलित रकम भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा खर्चिने ।

 

बेलायत  ।

बेलायतको मध्यभागमा बसोबास गर्ने करिब साठी हजार नेपालीहरुको संयुक्त चेरिटयवल संस्था साझा नेपाली समाज बेलायतले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा भत्केका कुनै एक संरचना पुननिर्माण गर्ने उद्धेष्यले यहि २७ तारिख सोमवारको दिन च्यारिटि डिनर सॅाझको आयोजना गर्न लागेको छ।

साझा नेपाली समाजको संयुक्त कार्यसमितिको बैठकले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा सहयोग गर्ने उद्धेष्यले च्यारिटि सॅाझको आयोजना गर्ने र संकलित रकमबाट भत्केका कुनै एक हेल्थ पोस्ट वा स्कुल बनाईदिने निर्णय गरेको थियो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार च्यारिटि सॅाझको ब्यबस्थापन गर्ने जिम्मा बैठकले कार्यसमितिका सचिव शुरेष केसीलाई प्रदान गरेको र केसीले यसभन्दा पहिला पनी कार्यक्रमको संयोजन भब्यताको साथ सम्पन्न गरेका थिए। यो च्यारिटिले पनी उद्धेष्य प्राप्त गर्नेमा कुनै शंका नरहेको र समाजको नाम निकट भबिष्यमा जाजरकोटको कुनै एक बिध्धालय वा हेल्थपोस्टको प्राङगणमा हुने जानकारी गराए।

च्यारिटि सॅाझ मार्केट हारव्रो मा रहेको समाजका सचिव एवं कार्यक्रम संयोजक शुरेष केसीको अबतार रेष्टुरेन्टमा गरिने र करिव पॅाचसय समाजका लब्धप्रतिष्ठित र मनकारी ब्यक्तिहरुलाई निम्ता गरिने र कमसेकम नेपाली  दशलाख उठॅाउने समाजको योजना रहेको महासचिव शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *