गिरीको अध्यक्षतामा झापाली समाज तदर्थ समिति नेदरल्याण्ड्स गठन |

नेदरल्याण्ड्स |   

यहि अक्टुबर १८ तारिख बुधबारका दिन नेदरल्याण्ड्समा कर्मभुमी बनाएर बसोबास गरिरहेका झापाली नेपालीहरुको भेलाले झापाली सामाज तदर्थ समिति नेदरल्याण्ड्स गठन गरेको छ |

सामाजिक हितको निम्ती बिदेशमा रहेर कार्य ब्यस्तताको बावजुत पनी नेदरल्याण्ड्समा रहेका सम्पुर्ण झापालीलाई एकत्रित गर्दै सामाजिक हितको निम्ती निश्वार्थ भावनाले लागी पर्न प्रोत्साहित गर्ने उदेश्य सहित सहयोगी आत्मिय मनहरुको भेलाले एकत्रित समाजको आवस्यकता महसुस गर्दै झापाली समाज तदर्थ समिति नेदरल्याण्ड्स गठन गरिएको समितिका सल्लाहकार श्री डम्बर कोइरालाले जानकारी गराएका छन् |

झापाली समाज तदर्थ समिति नेदरल्याण्ड्सको अध्यक्षमा श्री प्रकाश गिरिको अध्यक्षतामा ९ जनाको कार्यसमिति निर्माण भएको भएको छ | उपाध्यक्षमा श्री धर्म कार्की, महासचिवमा श्री डम्बर क्षेत्री, सचिवमा श्री चन्द्र कुँवर, कोषाध्यक्षमा श्री प्रकाश सुब्बा रहेका छन् | त्यसैगरी सदस्यहरुमा क्रमस : श्री नबिन ढकाल, श्री अनिल दाहाल, श्री भरत संग्रौला र केन्द्रीय प्रतिनिधिको रुपमा श्री भिम श्रेष्ठ सदस्य रहेका छन् |

झापालीहरुको भेलाले सल्लाहकारहरुमा श्री चन्द्र पौडेल र श्री डम्बर कोइरालालाई समेत चयन गरेको र आउने ६ महिना सम्ममा अधिवेशन गरि नयाँ कार्यसमिति निर्माण गरिने अध्यक्ष गिरीले बताएका छन् |

अन्तराष्ट्रिय झापाली समाजको महाधिवेशन यहि अक्टुबर २९ तारिख शुक्रबारका दिन झापाको बिर्तामोठमा  हुने हुँदा प्रवासमा रहेका सम्पूर्ण झापालिहरुलाई उपश्थितिका लागि समेत अनुरोध गरिएको जनाएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *