केन्द्रीय उप-महासचिवमा डेनमार्कका सापकोटाको उम्मेदवारी घोषणा |

डेनमार्क | 

गैर आवासीय नेपाली संघको स्थापना कालदेखि सक्रिय रहेर संस्थाको अभियानमा निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका डेनमार्कका सोम सापकोटाले केन्द्रीय उप-महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् | आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुन गईरहेको गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचनमा सापकोटाले सन् २०२३-२५ कार्यकालका लागि उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन |

सन् २००८ को मध्यतिर अवसरको खोजीमा पोर्चुगलबाट डेनमार्कतिर सरेका सापकोटा सामाजिक अभियानमा रहदै गर्दा त्यहाँका प्रवासी नेपालीहरुलाई एकतावद्ध गर्ने मनसाय र संगठित हुन आवश्यकता महसुस गर्दै बृहद छलफल पश्चात गैर आवासीय नेपाली संघको स्थापना गर्न सापकोटाले महत्वपूर्ण भूमिका खेलेका थिए | सोहि अनुरुप अभियन्ताहरुको सहकार्यमा स्थापित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिको संस्थापक अध्यक्ष भएर सफलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् | सापकोटा गैर आवासीय नेपाली संघको केन्द्रीय समिति अन्तर्गत विभिन्न कार्यकालमा केन्द्रीय समिति सदस्य, युरोप उप-संयोजक, सह-कोषाध्यक्ष लगायतका पदहरुमा निर्वाचित भएर आफ्नो पदीय दायित्व ईमान्दारीपुर्वक निर्वाह गरिसकेका छन् | गैर आवासीय नेपाली संघको केन्द्रीय सल्लाहकार समेत भईसकेका सापकोटा हाल संघको प्रवक्ताको जिम्मेवारीमा रहेर पदीय दायित्व निर्वाह गरिरहेका छन् ।

सचिवालयलाई व्यवस्थित मर्यादित पारदर्शी प्रविधिमैत्री क्रियाशील बनाइ सङ्घका नियमित रूपमा हुने बैठक, सेमिनार, गोष्ठी अनि सभा सम्मेलन परिमार्जित गर्दै नीतिगत अस्पष्टता लाई सम्बोधन गराई एकत्रित गतिशील गैर आवासीय नेपाली सङ्घ निर्माणमा केन्द्रित हुने उद्देश्य रहेको भन्दै पूर्ण व्यवस्थित साथै संसारभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एउटै छानामुनी केन्द्रित गर्दै भाइचाराको सम्बन्ध विकास गर्दै प्रवास बस्ने नेपालीहरूको साझा सङ्गठन निर्माणमा क्रियाशील हुनेमा जोड दिंदै गैरआवासीय नेपाली सङ्घको केन्द्रीय कार्यालयबाट जेजति डेलिभरी हुनु पर्ने हो त्यति हुन नसकेकाले आगामी दिनमा आफ्नो अभियान अझ क्रियासिल बनाउन आफुले उम्मेदवारी घोषणा गरेको बताएका छन् |

नेपालमा गैरआवासीय नेपाली सङ्घको मध्यमबाट ई-लाईब्रेरी स्थापना, पर्यटन प्रवर्द्धन, लगानीमार्फत रोजगारी लगायतमा सापकोटाले महत्वपूर्ण भूमिका खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *