केन्द्रको निर्वाचन प्रक्रियामा वञ्चित गरिएको भन्दै नेपाल पत्रकार महासंघ बैदेशिक शाखाहरुले गरे संयुक्त विरोध ।

काठमाण्डौं  ।           

नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रियामा रहदै गर्दा असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास/वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएको प्रति प्रवासमा रहेका बैदेशिक शाखाहरुले आपत्ति प्रकट गरेका छन् । युरोप शाखा,जापान शाखा,युएई शाखा,बेल्जियम शाखा, कतार शाखा, कुवेत शाखा, दक्षिण कोरिया शाखा,बेलायत शाखा र भारत शाखाका अध्यक्षहरुले संयुक्त प्रेस बिज्ञप्ति प्रकाशित गर्दै आपत्ति प्रकट गरेका हुन् ।

“नेपाल पत्रकार महासंघको बिधानको परिच्छेद ५ को दफा १६ को उपदफा ४ अनुसार निर्वाचनमा सम्पूर्ण सदस्यहरुले मत हाल्न पाउनु पर्ने स्पष्ट प्रावधान हुँदा-हुँदै बिभिन्न बहाना बनाएर प्रवास शाखाका सदस्यहरुलाई वञ्चित गर्नुले निर्वाचनको बैधता माथि प्रश्न उठेको छ । बिभिन्न जोखिमहरु मोलेर विदेशमा रहेका ५० लाख नेपालीहरु बिच पत्रकारिता गर्दै आईरहेका सयौं पत्रकारहरुलाई गरिएको यो उपेक्षा कुनै हालतमा पनि सैह्य हुँदैन” बिज्ञप्तिमा भनिएको छ ।

महासंघका केन्द्रीय पदाधिकारीहरुलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि आफ्ना सदस्यहरुलाई मतदान प्रकृयामा बन्चित गरेर गरेको निर्वाचन लोकतन्त्रको मुल्य र मान्यता बिपरित भएको बैदेशिक शाखाहरुले  ठहर गरेका  छन  ।

प्रेस बिज्ञप्ति मार्फत अनुरोध गर्दै यहि असार २२ गते हुने भनिएको केन्द्रको निर्वाचनमा प्रवास शाखाका सदस्यहरुलाई तत्कालको लागि शाखाले सिफारिस गरे बमोजिम वा नेपालमा सम्बन्धित शाखाहरु मार्फत निर्वाचन प्रकृयामा सामेल गर्न गराउन जोडदार माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *