“अधिकार सहितको पहिचान सम्पुर्ण तमुहरुको साझा अभियान ” मूल नाराका साथ तमु समाज र तमु धी बेल्जियम भए एकीकरण  l

 

ईन्दिरा चाम्लिंग, काजाब्लान्का क्यासेल्लो, बेल्जियम  l      

“अधिकार सहितको पहिचान सम्पुर्ण तमुहरुको साझा अभियान “मुल नारालाई आत्मासात गर्दै यहि जुन १६ तारिख आईतबारका दिन तमु समाज र तमु धीं बेल्जियमको आधिकारिक तथा ऐतिहासिक रूपमा एकता भएको छ l

सन २००० मा तमु समाज र २०१७ मा तमु धी स्थापित बैचारिक असहमति सहित तमु समाज र तमु धी फरक रूपमा बेल्जियममा सकृय थिए l तर लामो समय सात वर्ष देखि तमु समाजको तर्फबाट एकताको लागि पहल गर्दै आएका अध्यक्षद्वय होम तमु र संगीता गुरुङ, बालेन्द्र गुरुङ ,नन्द राज घले र प्रबिना गुरुङ , नन्दा कुमारी गुरुङ ओम राज गुरुङ, मेख गुरुङ ,मनिष गुरुङ संजय गुरुङ सम्पुर्ण पहल समितिका सदस्यहरु मध्यस्थताको भुमिकामा रहि सहयोग पुर्याउने सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष ओम प्रसाद तमु , गम बहादुर तमु, चन्द्र कुमारी गुरुङ ,नारायण गुरुङ लक्जेम्बर्ग , नबिन गुरुङ , मिन गुरुङ , श्री प्रशाद गुरुङ लगायत समाजका सबै अग्रजहरूको सक्रियताले एकतामा अहम भूमिका रहेको थियो l दुवै पक्षले तमु धी र तमु समाज बेल्जियमको सयुक्त बार्षिक साधारण सभा गर्ने सहमती भै बार्षिक अधिबेशनमा “अधिकार सहितको पहिचान सम्पुर्ण तमुहरुको साझा अभियान “मूल नारालाई अधिबेशनले पारित गर्दै हात मिलाएर अंकमाल गर्दै एकता भएको घोषणा बेल्जियमको अन्तोर्पेन शहरमा गरिएको थियो l

अधिबेशनमा बेल्जियममा रहेको दुई तमु संस्था एकता भइ बेल्जियममा तमु जातीको एउटै मात्र संस्था तमु समाज बेल्जियम रहने एतिहासिक निर्णय भएको घोषणा गरिएको थियो l अधिबेशनमा राम घलेले सबैलाई स्वागत गरेका थिए भने तमु राष्ट्रीय मुक्ति मोर्चा यूरोप इन्चार्ज मनिस गुरुङ ,गैर आबासीय नेपाली संघ बेल्जियमका पूर्ब अध्यक्ष तथा नेपाली कांग्रेस बेल्जियमका पूर्ब सभापती प्रेम गुरुङ , नेकपा एमाले भातृ संगठन लोकतान्त्रिक तमु संघ (प्रवास) का केन्द्रिय उपाध्यक्ष गम वहादुर गुरुङ , संरक्षक बिमल लिम्बु, गैर आबासीय नेपाली संघ लक्जेम्बर्गका सस्थापक अध्यक्ष नारायण गुरुङ , प्रबासी मंच बेल्जियमका निबर्तमान अधक्ष चन्द्र कुमारी गुरुङ – ईशा लगायतले शुभकामना मन्तब्य दिएका थिए l

संस्थाका महासचिब चित्रजंग गुरुङ ले संचालन गरेको कार्यक्रममा इश्वरी गुरुङले  आर्थिक प्रतिबेदन पेश गरेकी थिईन l बेल्जियममा रहेका नेपाली सस्थाहरू मध्ये सबैभन्दा पूरानो तमु सस्थाको रूपमा स्थापित तमू समाज एकता पछी अब सशक्त रूपमा काम गर्ने बताईएको छ l अधिबेशनको सभापतित्व अध्यक्ष होम गुरुङले गरेका थिए l एकता घोषणा भने अध्यक्षद्वय होम गुरुङ र संगीता गुरुंगले सयुक्त रूपमा गरेका थिए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *