नेदरल्याण्ड्स ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)नेदरल्याण्ड्सले यही अगस्ट २४ तारीख (आइतबार)का दिन नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज भब्य रुपमा मनाउने भएको छ । बिगत बर्षहरु झै यो बर्ष पनि भब्य र सब्य रुपमा मनाउन लागिएको हुँदा नेदरल्याण्ड्समा रहनुहुने सम्पूर्ण आमाबुवा,दिदीबैनी र दाजुभाईहरुलाई उपस्थित हुनकालागी हार्दिक अनुरोध गरिसकिएको संघका अध्यक्ष साबित्री(साबू )पौडेलले जानकारी गराईन ।
नेदरल्याण्ड्समा रहेका आफ्नै स्थानीय कलाकारहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उदेश्यका साथ उनीहरुको दमदार प्रस्तुतिको साथमा गित–सङ्गीत,नाचगान,रमाइलो वातावरण र आपसी भेटघाटको अवसर समेत प्राप्त गरिने हुँदा उपस्थितिका लागि अध्यक्ष पौडेलले सम्पूर्ण नेदरल्याण्ड्सबासी आमाबुवा,दिदीबैनी र दाजुभाईहरुलाई उपस्थितिका लागि अनुरोध गरिसकिएको जानकारी गराएकी छन ।
कार्यक्रममा प्रवेश निशुल्क गरिएको जानकारी गराउँदै अध्यक्ष पौडेलले कार्यक्रमलाई शोभा बढाउन चिठ्ठा र बिंगो जस्ता आकर्षक कार्यक्रमहरू राखिएको हुँदा मिष्ठान्न भोजनका साथ छमछमी तिजको गितमा नाँचेर मनोरंजन लिन अनुरोध गरेकी छन ।
नेदरल्याण्ड्सको ईतिहासमा पहिलोपटक गैरआवासीय नेपाली संघमा महिला नेतृत्व समाल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै समाजमा भ्रातृत्व,सदाचार,एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै धार्मिक तथा सांस्कृतिक महत्त्व समेत बोकेको हुँदा हामी एकतावद्ध भएर महान चाड मनाउन सम्पूर्ण पक्षसंग हार्दिक अपील गर्दै अध्यक्ष पौडेलले सामाजिक एकताको समेत आह्वान गर्दै हामी फूटेर हैन जुटेर अगाडी बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको बताएकी छन ।
उक्त कार्यक्रम २०२५ अगस्ट २४ तारीख ,आइतबार समय दिनको :१४ :००बजे,स्थान:Karekietpark 16,1444 HV, Purmerend मा राखिएको हुँदा समयमा उपस्थित भईदिनु हुन अनुरोध गर्दै अध्यक्ष पौडेलले जानकारी गराएकी छन ।
हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने गरेका छन । नेपाली महिलाहरूले परापूर्व कालदेखि चलिआएको रीतिरिवाज,रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेका छन ।
आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न,सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक देखिन्छ ।